स्याङजा । कालीगण्डकी गाउँपालिका–५ जैपाते स्थित सित्मामा आशिष न्यौपानले संचालन गरेकोे कृषि फार्म’मा चितुवा पसेर आक्रमण गरेको छ । बुधबार बिहान फार्ममा दानापानी दिन जाँदा कालिज मृत अवस्थामा देखेपछी न्यौपानेले स्थानीयलाई खबर गरेका थिए । फाममा करिब दुई सय २० को हाराहारिमा कालिज रहेकामा करिब एक सय ९० कालीजलाई चितुवाले आक्रमण गरेर मारेको संचालक न्यौपानेले बताए ।
सबेरै उठेर दाना पानी दिन फममा पुग्दा कालिज मरेका र घाईते कालिज छट्पटाएको देख्दा आत्तीयको न्यौपानेले बताए। रातभर चितुवा फम भित्रै रहेकाले बढी क्षती भएको स्थानीयले बताएका छन् ।
फाममा चितुुवा पसेको खबर पाएपछी डिभिजन बन कार्यालय स्याङ्जा, नेपाल प्रहरी र स्थानीयले दिउँसो एक बजे सम्म होहल्ला गर्ने, माटो छर्किने र पासो थापेर चितुवालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
सबैको प्रयास पछि चितुवा पनि चितुवा नदेखिएपछि स्थानीय ढुङ्गा मुढा सहित फार्म भित्र प्रवेश गरेर खोजेका थिए । चितुवा खोज्ने क्रममा फार्मको छेउमा नंग्राले भुई खोस्रेको र नाइलको जाली च्यातिएको भेटिएपछि चितुवा भागेको आशंका गरिएको छ । करीब चार लाख बराबरको क्षेती भएको आशका गरीएको छ ।