भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्छौ : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने क्रम जारी रहेको बताएकी छिन् ।

बिहिबार भरतपुर महानगरपालिकामा आईपुगेको गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्दै प्रमुख दाहालले यसको एउटा कडी भरतपुर भ्रमण वर्ष २०२४ भएको उल्लेख गरिन् ।

भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई विशाल नदी नारायणी र राप्ती, १ दर्जनभन्दा बढी ताल, चारैतिर जंगल र उच्च भूभाग चौकी डाँडा पनि महानगरमै रहेकाले देशको दोस्रो पर्यटकीय गन्तव्य बन्नेमा आशावादी रहेको उनले बताइन् ।

याे पनि पढ्नुस  भरतपुर महानगर प्रमुख दाहालद्वारा एसईई परीक्षाको अनुगमन

प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटकलाई हिंसात्मक बाघ देखाइने बताइन्। चितवन राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा केजमा हिंसात्मक वा नरभक्षी बाघलाई पर्यटकलाई देखाउने गरी काम अगाडि बढेको पनि जानकारी दिइन् । उनले भरतपुरमा क्रुजदेखि साना बोटहरु सञ्चालनमा रहनुका साथै भरतपुर २९ को चौकीडाँडामा प्याराग्लाडिङको सुविधा पनि लिन सकिने जानकारी दिइन् ।

उजले गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्न पाउँदा निकै खुसी व्यक्त गरिन् । भ्रमण वर्षको अवसरमा पहिलो पटक यसरी टुरमा निस्किएको टोलीलाई स्वागत गरिएको उनले जानकारी दिइन् ।

याे पनि पढ्नुस  सिएमी अन्तर वडा मेयर कपमा १० नम्बर वडाको विजयी सरुवात

टोलीले भरतपुरका १ दर्जन बढी ठाँउमा घुम्ने छ । बाईक टुरका संयोजक विष्णु विवेकलाई प्रमुख दाहालले भरतपुर भ्रमण वर्षको लोगो अंकित झण्डा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले भरतपुरमा निकुञ्जसहित भारतको गया, कासी बराबरको धामिर्क पर्यटकीय स्थल देवघाटधाम रहेको बताए। उनले टोलीमा सहभागी सबैलाई डिजिटल प्रविधिमार्फत भरतपुरको पर्यटनलाई विश्वभर प्रचारप्रसारका लागि आग्रह गरे ।

याे पनि पढ्नुस  स्थानीयको उठिबास हुन्छ भनेर भ्रम फैलाउँदा रंगशालाको बारमा डोजरः मेयर दाहाल

४४ औँ विश्व पर्यटन दिवसको अवसरमा गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोली काठमाडौं हेटौडाँ, भरतपुर, लुम्बिनी हुँदै पोखरा पुग्ने छ । करिब ५० बाईकमा १०० जनाको टोलीले नेपालमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले विभिन्न समयमा यस्ता टुरहरु गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्