प्रधानमन्त्री प्रचण्ड र सिचुआन प्रान्तका सचिव वाङ सियाओबीच भेटवार्ता

prachanda and Wang Xiaohui

छेन्दु । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आज छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष Wang Xiaohui नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी Statement को स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भूपरिवेष्ठित देश होइन भू-सम्बन्ध जोड्ने देश भएको बताए ।

याे पनि पढ्नुस  अर्थतन्त्रलाई गति दिन आज बृहत् छलफल गर्दै प्रधानमन्त्री

सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र तपाईंको नेतृत्वमा नेपाल-चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे। नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताए ।

prachanda and Wang Xiaohui
Bilateral meeting with Nepalis pm prachanda and Wang Xiaohui, Secretary of the CPC Sichuan Provincial Committee.

 

याे पनि पढ्नुस  नक्कली शरणार्थी प्रक्ररण : यो ट्रेलर मात्रै हो। हेर्दै जानुहोस् सिंगै फिल्म देखिन्छ - प्रधानमन्त्री प्रचण्ड

साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।जसमा प्रधानमन्त्री प्रचण्डसहितका नेपाली प्रतिनिधि मण्डलको सहभागीता रहने छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्