काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाटै काठमाडौँ फर्किएका हुन् ।
प्रचण्डले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए ।