एसियाली खेलकुद : नेपाली पब्जी टिम सेमिफाइनलबाट बाहिरियो

हाङझाउ । हाङझाउमा एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ।

आज बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो।

याे पनि पढ्नुस  हडर्सफिल्ड टाउन प्रिमियर लिगमा बढुवा

नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङ सहभागी थिए।यो समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए। नेपाल तेस्रो हुँदा जापानलाई पछि पार्न सफल भयो।

यसअघि हिजो भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको थियो। नेपालले अन्तिम आठको खेलमा हङकङ, प्लेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको थियो। जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पारेको थियो।

याे पनि पढ्नुस  म्यान्चेस्टर सिटी र लिभरपुल विजयी, रियल मड्रिड बराबरीमा रोकियो

यससँगै अब नेपालको इस्पोर्ट्समा डोटामा मात्र प्रतिस्पर्धा बाँकी छ। डोटामा आज नेपालले किर्गिस्तानसँग क्वार्टरफाइनलको खेलमा प्रतिस्पर्धा गर्दैछ।

कमेन्ट गर्नुहोस्