दुवै भ्रमणहरू सफल : प्रधानमन्त्री प्रचण्ड (प्रेस नोट सहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भ्रमणहरू सफल भएको बताएका छन् । न्युयोर्क र चीन भ्रमण सकेर आज नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको प्रधानमन्त्रीले बताए ।

याे पनि पढ्नुस  संशोधन प्रस्ताव फिर्ता हुँदैन, परिमार्जन हुन सक्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले भने -‘उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ, पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने मार्गप्रशस्त भएको छ, र अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चीनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ।’

याे पनि पढ्नुस  बागमति सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको छः प्रधानमन्त्री

त्यसैगरी, उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका विषय विश्व समुदायको ध्यानाकर्षण गराउने कुरामा सफलता मिलेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने -‘संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरिय सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुऱ्याउन, संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्न, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दीगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरू बारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ ।’

याे पनि पढ्नुस  सबै प्रकारका विभेद अन्त्यका लागि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्छः प्रधानमन्त्री

प्रेस नोट

कमेन्ट गर्नुहोस्