काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाको आकस्मिक मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ । आज दिउँसो साढे १२ः३० बजे सिंहदरबारमा सुरु भएको हो ।
बैठकमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलगायत विषयमा बैठकमा छलफल भैरहेको हो । प्रधानमन्त्रीले आज नै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरोकारवाला निकायका पदाधिकारीसित छलफल समेत गर्ने छन् ।