ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताएका छन् ।

उनले आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताए । महानिरीक्षक कुँवरले विभिन्न अध्ययनहरूले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरूको स्वास्थ्यमा जोखिम बढी देखिएको बताए । उनले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधारण जनता तथा सरोकारवालहरूको सद्भाव सहयोग आवश्यक रहेको बताए ।

महानिरीक्षक कुँवरले सडक प्रयोगकर्ताहरूलाई कानुनीरुपमा ट्राफिक प्रहरीको जिम्मेवारी हद स्पष्ट पार्न नसकिएको बताए। उनले सडकमा बस्ने ट्राफिक प्रहरीसँग नै सडकको समस्या र समाधान सर्वसाधारणले खोजिरहेको उल्लेख गरे। उनले सडक दुर्घटनाका कारक तत्त्वहरू पहिल्याएर भरपर्दो तथ्याङ्क विश्लेषणसहित नियन्त्रणका उपायहरू लगाउन सकिएमा क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने बताए । प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखेको दाबी गरे। महानिरीक्षक कुँवरले बढ्दो सहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तीव्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्त्व बनेको उल्लेख गरे । आर्थिक वर्ष २०७९/०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौँ उपत्यकामा गुड्ने गरेको बताए।

उनले भने,‘नेपालको वर्तमान परिप्रेक्ष्यमा बढ्दो सहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तीव्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकमध्ये एक वा धेरैको संयोग नै सडक दुर्घटनाको कारक तत्त्व बनेको छ । जसमा काठमाडौँ उपत्यकाका अग्रणी रूपमा रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौँ उपत्यकामा गुड्ने गरेका छन् । नेपाल प्रहरीमा काजमा अन्यत्र नपठाउने नीति भएपनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको छ । काठमाडौँ उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको छ । त्यतिगर्दा पनि दैनिक १२ देखि १४ घण्टा ट्राफिक प्रहरी सडकमा उभिनुपर्ने बाध्यता छ । ट्राफिक प्रहरीको स्वास्थ्य समस्या पनि उच्च देखाएको छ ।

सडक प्रयोग कर्ताहरूलाई कानुनीरुपमा ट्राफिक प्रहरीको जिम्मेवारी हद स्पष्ट पार्न सकिएको छैन । सडकमा बस्ने ट्राफिक प्रहरीसँग नै सडकको समस्या र समाधान सर्वसाधारणले खोजिरहेको छ । सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट नै सहयोग र सद्भाव खाँचो छ । सडक दुर्घटनाका कारकतत्वहरु पहिल्याएर भरपर्दो तथ्याङ्क विश्लेषण सहित नियन्त्रणका उपायहरू लगाउन सकिएमा क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिन्छ । प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य रहेको छ ।’

महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा काजमा अन्यत्र नपठाउने नीति भए पनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको उल्लेख गरे । उहाँले काठमाडौँ उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको दाबी गरे । उनले अझै दैनिक १२ देखि १४ घण्टा ट्राफिक प्रहरी सडकमा उभिनुपर्ने बाध्यता रहेको बताए ।

कमेन्ट गर्नुहोस्