विराटनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवन आचार्यले आफु कमाण्डर रहेको क्षेत्रमा नेकपा माओवादी केन्द्रले सुरु गरेको तीन महिने रुपान्तरण अभियानसँगै माओवादी केन्द्रको सदस्यता वृद्धि र पार्टी प्रवेश गराउँने अभियान चलाएका छन् ।
उनको सो अभियानमा पार्टी पंतिसँगै जनताले पनि साथ दिएका छन् । सो क्रममा आज सुनसरीको इनरुवामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता माओवादीमा प्रवेश गरे ।

आइतबार २०७९ मंसिरको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार मोहमद जलिल साफीलगायतका दर्जनौं नेता विभिन्न पार्टी परित्या गरेर माओवादी केन्द्रमा प्रवेश गरेको हुन् ।

उनीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवन आचार्यले पार्टीमा स्वागत गरेका छन् । सुनसरीको ईनरुवा र रामधुनी नगरपालिकामा अहिले केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य जीवन आचार्यलाई माओवादी केन्द्रले कमाण्डर खटाएको छ।
यूवा नेता जीवन आचार्य अहिले ३ महिने अभियानको सन्दर्भमा जनताको गुनासा र सुझाव संकलन गर्न जनताको घरघरमा गईरहेका छन्।

आचार्य भन्छन् “ जनता माओवादीकै बाटो हेरेर बसिराख्नु भएको छ, बाटो हिड्न छोडेको माओवादीले हो। अहिले माओवादी गाँउ फर्केको देखेर जनताले खुशी व्यक्त गर्नुभएको छ र उत्साहका साथ अभियानमा जोडिदै आउँनु भएको छ ।”
अभियानका क्रममा केही समययता नेता आचार्यले टोल बस्तीहरूमा भेला राख्ने, सामाजिक समस्याहरुका बारेमा जानकारी लिने र समाधानका लागि पहल गर्ने, नेकपा माओवादी केन्द्रले गरेको काम र सरकारको नेतृत्वबाट अहिले भइरहेको भ्रष्टाचारविरुद्धको अभियान आदिका बारेमा जानकारी गराउँदै संगठन विस्तारमा जोड दिइरहेका छन् ।