यी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

याे पनि पढ्नुस  यी प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

याे पनि पढ्नुस  आज पहिलो चरणमा मतदान हुने ३२ जिल्लाको मौसम कस्तो हुने छ ?

यस्तै, सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक९दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्