त्रि-चन्द्र क्याम्पसको चरम लापरबाही : विएस्सी चौथो वर्षको रिजल्ट नै आएन

काठमाडौं । देशकै जेठो क्याम्पस मानिने त्रि-चन्द्र बहुमुखी क्याम्पसको लापरबाहीका कारण विएस्सी चौथो वर्षका विद्यार्थीको परिक्षाफल प्रकाशित हुन सकेको छैन ।

त्रिभुवन विश्वविद्यालयले विएस्सी चौथो वर्षको परिक्षाफल प्रकाशित गरेको भएपनि त्रि-चन्द्र क्याम्पसका विद्याथी भने नतिजा बिहिन बन्न पुगेका छन् ।

याे पनि पढ्नुस  १५ हजार बढी विद्यार्थीको भविष्यसँग खेलवाड नगर्न अखिल उपाध्यक्ष मैनालीको चेतावनी

विएस्सी चौथो वर्षको रिजल्ट हिजो साँझ प्रकाशित भएको हो । विज्ञान र मानविकि शास्त्र अध्ययन अध्यापन हुने सो क्याम्पसमा देशै भरिको रिजल्ट प्रकाशित हुँदा रसायन विज्ञान,वनस्पति विज्ञान र भौतिक विज्ञान अध्ययनर विद्यार्थीको रिजल्ट नआएको हो ।

सो विषयको प्रयोगात्मक परिक्षाको डिफेन्स क्याम्पसले समयमै नगर्दा करिब २०० विद्यार्थीहरू मारमा परेका छन् । विद्यार्थीका अनुसार वनस्पति विज्ञान शास्त्रको डिफेन्स भएको भएपनि नम्बर पठाएको छैन, रसायन शास्त्रको डिफेन्स भर्खरै सुरु गर्दै छ र भौतिक शास्त्रको सुरुवात नै भएको छैन् ।

याे पनि पढ्नुस  नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि

विद्यार्थीको भविष्यमा असर गर्ने गरी किन सो किसिमको गतिविधि गरेको भनेर हामीले त्रिचन्द्रका विभिन्न डिपार्टका जिम्मेवार व्यक्तिहरुसँग बुझ्दा उनीहरु आर्थिक समस्या देखाएर उम्किने प्रयत्न गरेका छन् ।

कमेन्ट गर्नुहोस्