काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियायी खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फ नेपाली टिमले सेमिफाइनल प्रवेशका लागि भारतसँग खेल्ने भएको छ । सोमबार भएको ‘ड्र’बाट नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।
यी दुई टिमबीचको खेल नेपाली समयानुसार मंगलबार बिहान ६ः४५ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।
भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।