यौनदुर्व्यवहारको आरोप खेपेका एसएसपी पालद्धारा राजीनामा

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन् ।

कञ्चनपुरस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा उनले आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि यौनदुर्व्यवहारको आरोप खेपेका थिए । उनी गएको असारमा निलम्बनमा परेका थिए ।

सोबारे प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएको थियो । समितिले उनमाथि कारबाहीको सिफारिस गरेको थियो ।

याे पनि पढ्नुस  भरतपुरलार्इ संवृद्ध र सुरक्षीत महानगर बनाउने मेरो मिसन हो : प्रमुख दाहाल

पालले दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्