एसियाली खेलकुदको कबड्डीमा नेपाल पदक नजिक

काठमाडौं । एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली पदकको नजिक पुगेको छ ।

चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको समूह चरणको खेलमा आज बंगलादेशलाई हराउँदै नेपाल काँस्य पदकको नजिक पुगेको हो ।
नेपालले आज बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै पदकको सम्भावना बढेको हो ।

याे पनि पढ्नुस  १९औं एसियाली खेलकुद : चीन पदक तालिकाको शीर्ष स्थानमा, नेपाल पदकबिहीन

बंगलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । इरानले बंगलादेशलाई हराएको खण्डमा नेपाल सेमिफाइनलमा पुग्नेछ । साथै पदकको पक्का हुनेछ ।

समूह चरणको पहिलो खेलमा नेपाल इरानसँग हारेको थियो ।

कमेन्ट गर्नुहोस्