गौशालामा गोलि प्रहारको कारण आर्थिक विवाद

काठमाडौं । गौशालामा गोलि प्रहारको कारण आर्थिक विषयमा विवाद रहेको खुलेको छ ।

काठमाडौंको गौशालास्थित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि सोमबार आक्रमण गरिएको छ ।

उनीमाथि बाराका नवल सहनीले आक्रमण गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । आक्रमणलगत्तै सहनी फरार छन् ।

याे पनि पढ्नुस  वीरगन्जमा गोली चल्याे, एक युवक गम्भीर घाइते

घाइते हुसेनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा पुर्‍याइएको छ । घटनास्थलमा पेस्तोल र चक्कु फेला परेको छ ।

हुसेनको खुट्टामा गहिरो चोट देखिएको छ । उनीमाथि गोली प्रहार गरिएको प्रहरीको आशंका छ ।

कमेन्ट गर्नुहोस्