काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबारदेखि सुरू हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा हुने बैठक मंगलबारसम्म चल्नेछ। बैठकमा छ महिने अभियानको मध्यावधि समीक्षा गर्ने एजेन्डा छ।
साथै पार्टी एकता, ध्रुवीकरण र मोर्चा निर्माणबारे पनि छलफल हुने नेसपाले जनाएको छ।
सरकारका कामको समीक्षासमेत गर्ने नेसपाको तयारी छ।
पार्टी संगठन निर्माण, जवस, विभाग, विधान अधिवेशन र महाधिवेशनको विषयमा पनि छलफल र आवश्यक निर्णय हुने नेसपाले जनाएको छ।