काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन्।
प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भए भने शाहले मुख्य प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले हराए। ।