काठमाडौं । सुदूरपश्चिममा आज (मंगलबार) दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो।
भूकम्पबाट दुर्गाथली गाउँपालिका, तलकोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र घर भत्किएका छन्।
केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।अहिले पनि पराकम्पन गइरहेकोले स्थानीयहरू घर र कार्यालय बाहिर बसिरहेका छन् ।