काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको चाँडै मृत्यु भएपछि आफ्नो जीवन खुशीले बाच्न पाउने महिलाको अधिकारलाई समाजले बिस्तारै स्वीकारेको बताएका छन् ।
मंगलबार गीत ‘रातो टिकी’ गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पूरा उमेर हुँदै आफ्नो पति गुमाउँदा बाँकी जीवनमा महिलाले पाउने दुःखका बारेमा भिडियोमा राम्रोसँग देखाइएको बताए। उनले देशको पश्चिमी क्षेत्रमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रुपमा यस्तो प्रचलन रहेको भन्दै समाजलाई बदल्न जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै अभिनेता दीपकराज गिरीले गीत सामाजिक दायित्व बोकेको रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशमा शिक्षाको अभावका कारण जनचेतना कम पुगेको अवस्थामा गीतले थप सचेत बनाउने बताए। त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले सामाजिक दायित्व बोकेर निस्किएको गीत धेरै नै राम्रो रहेको बताए ।
उनले गीत सामाजिक विषयवस्तुमा रहेकाले सबैले मन पराउनेमा आशावादी रहेको बताए ।