सभामुखले सांसदहरूलाई बोल्न दिने समयमा विभेद गरे : जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्न दिने समयमा विभेद् गरेको आरोप लगाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उनले संसदमा सांसदहरुलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताए ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सांसदहरुले बोल्ने बेलामा माईक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए । उनले सबै सांसदहरुले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने बताए ।

याे पनि पढ्नुस  प्रदेश एआईजीलाई व्यवसायिक ढंगले काम गर्न गृहमन्त्री शर्माको निर्देशन

उपमहासचिव शर्माले भने, ‘सभामुख महोदय सार्वभौम संसदका म यदी सदस्य हो भने म के कुरा यहाँ आग्रह गर्न चाहन्छु भने मलाई पनि धेरै कुरा बोल्नु छ । मैले पनि धेरै कुरा भन्नु छ । त्यसकारण मेरो माईक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु । किनभने मैले पनि धेरै कुराहरु दिनुछ यहाँ । मैले पनि भन्न पाउनु पर्छ । मजसता धेरै माननीयज्यूहरुले भन्न पाउनु पर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु । र, यहाँ विभेद हुुनहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु । ’

याे पनि पढ्नुस  प्रदेश एआईजीलाई व्यवसायिक ढंगले काम गर्न गृहमन्त्री शर्माको निर्देशन

उपमहासचिव शर्माले मुलुकमा जातीय÷धार्मिक द्वन्द्व फैल्याउने काम भईरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि गम्भिर कदम चाल्न सरकारलाई पनि सचेत गराए ।

कमेन्ट गर्नुहोस्