काठमाडौं । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले इन्जिनियरिङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लाउने विभागीय प्रमुखहरुको कदमप्रति आपत्ति जनाएका छन्।
मंगलबार पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले विज्ञप्ति निकाल्दै विद्यार्थी संगठनहरुलाई क्याम्पस चलाउ भनेकोमा मैनालीले प्रतिवाद गरेका हुन्।
मैनालीले विभागीय प्रमुखहरुको कदमलाई गैरजिम्मेवारीपनको हद भनेका छन्।
मैनालीले प्राध्यापकहरूको हैसियत र सोचमाथि प्रश्न उठाएका छन्। ‘इन्जिनियरिङ अध्ययन संस्थान हो कि एकान्तकुनाको यातायात कार्यालयरु बस व्यवसायी संघ सञ्चालक समितिका सदस्यहरु जस्ता किन देखिन थाले पुल्चोक मुख्यालयमा बडेबडे कुर्सीमा बस्नेहरु लाज ढाक्नुस्’, उनले भनेका छन्, ‘प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थाल्यो ! गैरजिम्मेवारीपनले हद पार गर्न लागेन र ?’
हरेक वर्षझैँ प्रवेश परीक्षाको बेला विभिन्न समस्या देखाउँदै समयमा परीक्षा लिन असफल आइओइ प्रशासन यसपालि पनि महिनौँदेखि समस्यामा रुमल्लिएको छ।
लामो समयदेखि शुल्क वृद्धिसँग सम्बन्धित विवादमा अल्झिएको आइओइले यो वर्ष प्रवेश परीक्षा सञ्चालन गर्न नसक्दा अभिभावकसहित करिब १५ हजार बढी विद्यार्थी चिन्तित छन् भएको बताउँदै उनले मुलुकमा शैक्षिक वातावरण नभएको भन्दै विद्यार्थी विदेशी विश्वविद्यालयमा जानेक्रम तीव्र भएको बताए।