टिस्टा नदीमा बाढी : भारतीय सेनाका २३ जवान बेपत्ता

काठमाडौं। भारतको पूवी उत्तर राज्य सिक्किममा आएको भिषण वर्षाका कारण बाढीले जनजीवन नराम्ररी प्रभावित भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको छ ।
बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएको जनाइएको छ ।

याे पनि पढ्नुस  पश्चिमका यी जिल्लामा बाढीको सम्भावना

जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।

कमेन्ट गर्नुहोस्