रिगललाई आममाफी दिएको विरोधमा भारतीद्धारा अनशन सुरू

काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल)लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन् ।

न्यायकालागि उनले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन् । भारतीले न्याय नपाएसम्म घर नफर्किने भन्दै चाडो न्याय दिन माग गरेकी छन् ।

भारतीले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी अनशन बसेकी हुन् ।

रिगलविरुद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ ।

कमेन्ट गर्नुहोस्