एसियाली खेलकुद : नेपालको कम्तिमा कास्य पदक सुरक्षित

काठमाडौं । नेपालले हाङझाउ एसियाली खेलकुदमा नेपालले कम्तिमा कास्य पदक सुरक्षित गरेको छ ।

महिला कबड्डीमा सेमिफाइनलमा स्थान बनाएसँगै नेपालको कम्तिमा कास्य पदक पक्का भएको हो। समूहमा बुधबार इरानले बंगलादेशलाई ५४(१६ ले हराएसँगै नेपालको सेमिफाइनलमा स्थान पक्का भएको हो।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने नियम छ।नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश थिए। पहिलो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालमाथि इरानले जित हात पारेको छ।

याे पनि पढ्नुस  चीनले दियो अमेरिकालाई मुख सम्हालेर बोल्न चेतावनी

बुधबार इरानले बंगलादेशलाई हराएपछि समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनायो।एक खेल जितेको नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुग्यो। दुवै खेलमा पराजित भएको बंगलादेश भने समूह चरणबाट बाहिरियो।

अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेतासँग खेल्नेछ। सेमिफाइनल जित हात पारे नेपालको कम्तिमा रजत पक्का हुनेछ भने हार ब्यहोरे कास्यमा चित्त बुझाउनु पर्नेछ।

याे पनि पढ्नुस  राष्ट्रपति सी र प्रधानमन्त्री महाथिर भेटवार्ता

समूह ‘ए’ मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड छन्।

कमेन्ट गर्नुहोस्