मकवानपुरको वाग्मती गाउँपालिकामा माओवादी अभियानले ल्यायो उत्साह

मकवानपुर । मकवानपुरको वाग्मति गाउँपालिकामा माओवादी रुपान्तरण अभियानले तिव्रता पाएको छ । माओवादी रुपान्तरण अभियान अन्तर्गत जिल्लाभरिको विभिन्न पालिकाहरुमा माओवादीहले रुपान्तरण अभियानलाई तिव्र पारेको हो । जनतासँगको सम्बन्धलाई थप सुदृढिकरण गर्ने र पार्टि निर्माणमा जनस्तरबाटै सुझाव लिन माओवादी पार्टिले तीन महिने अभियान घोषणा गरेको थियो । जनजनमा माओवादी घरघरमा माओवादी नाम दिएर सुरु गरेको अभियानमा अहिले माओवादी नेता कार्यकर्ताहरु देशैभर केन्दिृत भएका छन् भने विभिन्न कार्यक्रमहरु आयोजना गरी उनिहरु जनताको गुनासो र सुझावहरु सुनिरहेका छन् । जनश्रममा जोडिएर जनताको दैनिकी अप्ठेराहरुलाई सल्टाउने कार्यमा पनि उनिहरु सक्रिय रहेका छन् ।

याे पनि पढ्नुस  विप्लव नेतृत्वको नेकपाका वरिष्ठ नेता ओली र राई पक्राउ, तत्काल रिहा नगरे कडा आन्दोलनको चेतावनी

माओवादी पार्टीले अभियानकै सिलसिलामा आफ्नो विभिन्न जनवर्गिय संगठनहरुलाई पनि पुर्नगठन् गरेका छन्, पार्टी केन्द्रिय सदस्य विष्णु प्रसाद सापकोटाको नेतृत्वमा पालीकाभरीनै जवसहरुको पुनर्गठन गरिएको छ । पालिकाको वडा नं १ मा ११ वटा टोल पार्टी कमिटी एवं जबस मोर्चा पुनर्गठन गर्दै पार्टी नविकरण एवं नयाँ सदस्यता वितरणलाई तिव्रता दिने स्थानीय प्रतिनिधिहरुले प्रतिवद्धता व्यतm गर्दै अभियानलाई उत्कर्षमा पुुर्याउने प्रतिबद्धता गरेका छन् ।

यस्तै पालिकाकै वडा नम्बर १ भैँसे टोलमा मने पहरीको नेतृत्वमा पार्टी कमिटीको पुनर्गठन गरिएको छ,वडा नंम्बर २ राईटोलमा नेपाल दलित मुक्ति मोर्चाको प्रथम वडा भेला सम्पन्न भएको छ, तिलक बहादुर विकको नेतृत्वमा १३ सदस्यि वडा कमिटी चयन गरिको हो । वडा नं ४ पाँचपाण्डवमा पनि पार्टी टोल कमिटीको गठन गरिएको छ भने माझी मुक्ति मोर्चा र वाईसिएलको भेला गरिएको छ ।

याे पनि पढ्नुस  माओवादी सचिव आचार्य अस्वस्थ, अछामबाट हेलिकप्टरमा नेपालगन्ज ल्याइयो

यस्तै पालिकाकै वडा नंम्बर ३ अन्तरगत सिम्वलटार पिपलटार र पाङ्दमारमा पनि पार्टि कमिटी पुनर्गठन तथा जबस मोर्चाको टोल कमिटी गठन गरिएको छ भने सो भेलाबाट विभिन्न पार्टीका १० जना व्यक्तिहरु माओवादीमा प्रवेश गरेका छन् । वडा नम्बर ५ ज्यामिरेमा टोल पार्टी कमिटिको भेला गरी जवस मोर्चा कमिटीको गठन गरिएको छ । सो भेलामा पनि विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई स्वागत गरीएको छ ।

याे पनि पढ्नुस  प्रत्येक जनताका घर घर पुगौं : गृहमन्त्री श्रेष्ठ

अभियानकै शिलशिलामा जिल्लाको वाग्मति गाउँपालिका वडा नंबर ६ कायर टोलमा पनि पार्टि कमिटीको भेलाले पार्टी कमिटी र जवस मोर्चा कमिटीको गठन गरेको छ । पुनर्गठन गरिएको सबै कमिटी र जवस मोर्चाका नेतृत्वहरुले आफ्नो क्षेत्रमा माओदी अभियानलाई तिव्रता दिने र पार्टी निर्माणमा स्थानीय स्तरबाट प्रभावकारी भुमिका खेल्ने प्रतिबद्धता गरेको छ ।
जिल्लैभरी माओवादी रुपान्तरण अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् भने स्थानीय स्तरमा पार्टी निमाणको अभियानलाई पनि तिव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस्