बझाङको भूकम्पबारे छलफल गर्न आयोजित आकस्मिक बैठक जारी

काठमाडौं। मंगलबार बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । बैठक अहिले सिंहदरबारमा जारी छ ।

बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल भैरहेको छ ।

गएको मंगलबार दिउँसो बझाङमा गएको भूकम्पका कारण विभिन्न संरचना भत्किएको छ भने मानिस घाइते समेत भएका छन् ।

कमेन्ट गर्नुहोस्