पार्टी सचिव आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री विर अस्पतालमा

पार्टी सचिव आचार्यको स्वास्थ्य अवस्था जानकारी लिंदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री विर अस्पताल पुगेका हुन् ।

नेकपा (माओवादी केन्द्र) को सचिव रहेका आचार्य एकाएक अस्वस्थ भएका थिए । पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ नामक विशेष कार्यक्रमअन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एकाएक अस्वस्थ भएका हुन्।

याे पनि पढ्नुस  अर्घाखाँची घटनामा मेरो हात छैन, वक्ता र जनता दुबै दोषी– टोपबहादुर रायमाझी

उनको शरिरको दाहिने भाग नचल्ने भएको बताईएको छ । उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याईएको हो। अहिले उनको उपचार विर अस्पतालमा भैरहेको छ ।
पार्टी सचिव आचार्यको स्वास्थ्य अवस्था जानकारी लिंदै प्रधानमन्त्री

कमेन्ट गर्नुहोस्