राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

यसरी प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा नेपालका लागि स्वीटजरल्याण्डका आवासीय राजदूत डेनियल मेउली मोन्टेलोन र युरोपियन युनियनका लोरेन्जो भेरोनिक रहेका छन्।

यसैगरी, नेपालका लागि स्विडेन अधिराज्यका जन थेस्लेफ, हंगेरीका स्तभान स्जाबो र चेक गणतन्त्रका डा. एलिस्का जिगोवा रहेका छन् ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए । नवनियुक्त राजदूतको राजधानी होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिल्लासहित बग्गीमा सवार बनाइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिए ।

कमेन्ट गर्नुहोस्