माओवादी केन्द्र सुदुरपश्चिम सम्पर्क समन्वयद्धारा विपत्तीमा सहयोगकाे अपिल

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश सम्पर्क समन्वय समितिले भूकम्पबाट प्रभावित जनता, घाइतेहरूलाई नैतिक, भौतिक, आर्थिक र मानविय सहयोगको अपिल गरेको छ । समितिले सुदुरपश्चिम प्रदेसमा स्थायी बसोबास भई हाल राजधानी काठमाडौं तथा देश विदेशमा रहेका बझाङ, सुदुरपश्चिमेली दाजुभाई तथा दिदिबहिनीहरूमा सो अपिल गरेको हो ।

समन्वयका ईन्चार्ज पदम जोशी र संयोजक गणेश बुढाद्धारा जारी विज्ञप्तिमा भुकम्पबाट उत्पन्न समस्या समाधानका लागि तत्काल उध्दार तथा राहातको प्रवन्ध गर्न प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड समक्ष भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी न्यायोचित उध्दार राहात दिन आग्रह गरेको उल्लेख छ ।

ईन्चार्ज जोशीका अनुसार प्रधानमन्त्रीसमक्ष सुदुरपश्चिम प्रदेश सम्पर्क समन्वय समितिका इञ्चार्ज कपदम जोशी, संयोजक गणेश बुढा, प्रदेश सदस्य कमरेड कमल थापा र टंक आग्री सहित सर्वदलिय डेलिगेसन गई ध्यानाकर्षण समेत गराइसकेको छ । सोही माग बमोजिम प्रधानमन्त्री प्रचण्ड भोलि प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।

यस्तो छ विज्ञप्ति

कमेन्ट गर्नुहोस्