काठमाडौं । नजिक आइरहेको दशैं तिहार छठ लगायतका चाडपर्वमा सर्वसाधारणलाई सहज र सुलभ यातायातको व्यवस्था गर्न सांसदले माग गरेका छन् ।
संसद अन्तरगतको पुर्वाधार विकास समितिको बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सर्वसाधारणको सुविधालाई सरकारले विशेष ध्यान दिनुपर्ने बताईन् ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको समेत सहभागीता रहेको सो बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने उनले सडकको खाल्डाखुल्डी तत्काल पुर्नुपर्ने, यातायातका साधनको गति नियन्त्रण र नियमित गर्न राजमार्गमा सिसिटिभिको व्यवस्था गर्नुपर्ने विषयमा मन्त्रीको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।
बैठकमा सांसदहरूले दशैको बेला सरकारले जनतालाई सुलभ यातायातको व्यवस्था गर्नको लागि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले यस विषयमा सरकारले गृहकार्य गरेर व्यवस्था गर्ने बताएका थिए ।