भूकम्पको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डद्धारा यस्तो घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ पुगेर भूकम्पबाट भएको क्षतिको अवलोकन गरेका छन् ।रक्षा र गृहमन्त्री सहित भूकम्पको केन्द्रविन्दु पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँका पिडितहरूसँग संवाद गरेका छन् ।

त्यसका साथै  प्रम प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि विभिन्न घोषणा गरेका छन् ।

यस्ता छन् प्रधानमन्त्रीको प्रचण्डको घोषणा

१. गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट भएको क्षतिको कहाँ, के, कति क्षति भएको छ यकीन गरिने छ । मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलिकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने यकीन गरी कार्य अघि बढाइनेछ ।

२.भूकम्पबाट क्षति पूर्ण क्षति भएका घर का परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न रु.५०,००० (पचास हजार)उपलब्ध गराइने छ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

३.भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल खर्च व्यवस्था गरिनेछ ।

५.राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।

६. भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।

 

७. ले निम्त्याएको पहिरोमा भुकम्पला परी एक जनाको मृत्यु भएको मा निजको परिवारलाई रु. २ लाख तत्काल प्रदान गरिनेछ ।

८. भक्तिएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुतनिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकन (Assessment) का आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने छ ।

याे पनि पढ्नुस  द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री प्रचण्ड
बझाङ चैनपुरमा भुकम्पको क्षतिको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड
बझाङ चैनपुरमा भुकम्पको क्षतिको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड

९.सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदी क्षति पुगेका संरचनाहरूको (Damage Assessment) गरी यथाशीघ्र पुनः निर्माण गरिनेछ ।

१०.हालसालै गएका थुप्रै भुकम्पहरूलाई संकेत को रूपमाु लिंदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम ऑकलन (Risk Assessment) न्यूनिकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको छ । यी कामहरू लाई बझाङ लगायत जोस्सिममा उच्च जोखिममा रहेश क्षेत्रमा समेत अघि बढाइनेछ ।

११. बझाङ र सुदूर पश्चिम को समग्र विकासमा निर्णायक महत्व राख्ने कैयन परियोजना अघि बढाइएका छन्। हालै मित्र राष्ट्र चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका र दार्चुलाको टिंकर नाका समेत खोल्ने सहमति भएको छ । नेपाललार्क दिपायल-खुटिया-उरै-ताक्लाकोट फास्ट ट्र्‌याक सडकका लागि र टिकट जोडनेमहाकाली करिडोर का लागि बजेट सुनिश्चत गरिएको छ ।

याे पनि पढ्नुस  सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

१२. प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटन का क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिनेछन् ।

१३.नेपालको आर्थिक विकास तथा विद्युतीकरण को लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत परियोजनाबारे सरकार गम्भीर छ । यो परियोजा कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ ।

बझाङ चैनपुरमा भुकम्पको क्षतिको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड
बझाङ चैनपुरमा भुकम्पको क्षतिको अवलोकन / पिडितसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

 

कमेन्ट गर्नुहोस्