संविधानका छिद्रहरू दुरुपयोग गरेर संविधान मिच्ने काम भयो : रमण श्रेष्ठ

काठमाडौं । पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले संविधानभित्र भएका छिद्रहरुलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताएका छन् ।

शुक्रबार स्वतन्त्र कानून व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानून व्यवसायी मञ्चको भूमिका विषयक अन्तरक्रियामा बोल्दै पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

राज्यका तीन वटै अंगबाट संविधान मिचिएको पूर्वमहान्यायाधीवक्ता श्रेष्ठको भनाई थियो । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गरे।

याे पनि पढ्नुस  अदालतको निःशुल्क सेवाबारे नागरिक अनभिज्ञ

पूर्व राष्ट्रपतिले त सार्वजनिक रुपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै उनले सभामुखले समेत संविधान विपरितका कानूनहरु बन्दा पनि पास गराएर संविधान मिचेको बताए । ०४७ सालमा संविधान बनाउनेहरुले नै संविधान मिच्दा संविधान गएको भन्दै उनले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरुले नै संविधान मिचेको उल्लेख गरे।

याे पनि पढ्नुस  न्यायाधीशलाई कारबाही माग गर्दै निवेदन

नेपाल बार एशोसिएशनका पूर्वमहासचिव लिलामणि पौडेलले कानून व्यवसायीहरु स्वतन्त्र हुन नसकेका बताए । उनले कानून व्यवसायीहरु राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनुपरेको बताए । उनले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरु कानूनी प्रवन्ध अनुसार नै भएका बताए ।

याे पनि पढ्नुस  न्यायिक प्रणालीको आलोचना गर्दै न्यायाधीशले अदालतभित्रै आफूलाई गोली हाने

पौडेलले कानूनी प्रवन्ध अनुसार न्यायाधीशहरू नियुक्त भएको भएपनि असक्षम र नालायक भएका भन्दै भ्रम छरिएको उल्लेख गर्दै सो भ्रम चिर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्