एसियाली खेलकुद : महिला भलिबलमा मंगोलियाविरुद्ध नेपालको जित

काठमाडौ । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा मंगोलियाविरुद्ध नेपालले जित हासिल गरेको छ । मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ।

आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३/२ को सेटमा जित निकालेको हो। पहिलो सेट मंगोलियाले २५/१७ ले जितेको थियो।

तर दोस्रो सेटमा नेपाल २५/१८ र तेस्रो सेटमा २५/२१ को जितसँगै अग्रता लिन सफल भयो।चौथो सेटमा मंगोलिया २५/१८ ले विजयी भएसँगै खेल बराबरी भएको थियो। निर्णायक पाँचौ सेटमा नेपाल १५/१२ ले विजयी भयो।

समूह चरणबाटै बाहिएपछि पदक सम्भावना सकिएको नेपालले वरीयताका लागि भारतसँग खेल्दा पराजय भोगेको थियो। मंगोलियालाई पराजित गरेपछि नेपाल एघारौं बनेको हो ।

कमेन्ट गर्नुहोस्