लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्नलाई पराजित गर्न जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्व उपमेयर कविता ढुंगानाद्वारा लिखित पुस्तक स्थानीय सरकार अपेक्षा र अवस्था पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

उनले सिंहदरबारको अधिकार घरगाउँमा पुर्‍याउने उद्देश्यका साथ संघीय लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको बताए । त्यसमाथि प्रश्न उठाउने प्रयत्न भइरहेको उनको भनाइ छ ।

याे पनि पढ्नुस  गणतन्त्र रोक्न खोज्नेलाई निस्तेज पार्नुपर्छः प्रम दाहाल

स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी रहेको उनले बताए । राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रिक व्यवस्था बलियो हुने उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले संघीयतासम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विभिन्न आशंका पैदा हुने अवस्था आएको बताए । संर्घषबाट स्थापित व्यवस्थालाई कार्यान्वयन हुन नदिएर परिर्वतनप्रति वितिष्णा फैलाउन सकिन्छ कि भनेर केही शक्तिहरूलागेको बताउँदै लामो संघर्षपछि प्राप्त उपलब्धिलाई जनताको हितमा इमानदारीका साथ लागु गर्नुपर्ने उनको धारणा थियो ।

याे पनि पढ्नुस  प्रचण्डले भने– केपीजी देख्नुभयो सभा कस्तो हुन्छ भनेर ?

उनले जनतामा सकारात्मक परिवर्तनको महसुस नहुँदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने बताए ।

 पूर्व उपमेयर कविता ढुंगानाद्वारा लिखित पुस्तक स्थानीय सरकार  अपेक्षा र अवस्था पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री
पूर्व उपमेयर कविता ढुंगानाद्वारा लिखित पुस्तक स्थानीय सरकार अपेक्षा र अवस्था पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री

कमेन्ट गर्नुहोस्