इजरायलमा हमासको आक्रमण : केही नेपाली घाइते, आवश्यक सहयोग/जानकारी लिन फोन गर्नुहोस्

एजेन्सी । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरायलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर प्राप्त भएको छ।

शनिवार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

त्यस क्रममा हालसम्म ४० जना इजरायली र केही प्यालेस्टिनीहरू मारिएको बिबिसिले जनाएको छ ।

याे पनि पढ्नुस  कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

इजरायलस्थित नेपाली दूतावासका अनुसार घटनामा केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको छ।

इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेका अनुसार नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको बताइएको छ । यद्यपी पुष्टि हुन भने बाँकि छ ।

उक्त फर्ममा कुल १४ जना नेपाली कार्यरत रहेकोमा नौ जना घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

याे पनि पढ्नुस  चट्याङका कारण १४५ मेगावाट प्रसारण लाइन अवरुद्ध

त्यस क्षेत्रमा रहेका नेपालीहरूलाई अहिले सुरक्षित स्थलमा राखिएको र इजरेली सेनाले उनीहरूलाई मोबाइलमा कुरा नगर्न निर्देशन दिएकाले पनि सम्पर्क कठिन भएको अधिकारीहरूले बताएका छन्।

सरकारले नेपाली नागरिकको अवस्थाबारे जानकारी लिने र उनीहरूलाई सुरक्षित गर्ने तर्फ पहल थालिसकेको बताएको छ ।

सम्पर्कका लागि:
१. श्री अर्जुन घिमिरे, प्रथम सचिव – 0528289300
२. श्री संजय कुमार साह, सहचारी – 054-5582077
विदेशी कामदारहरुले PIBA को Call Center: 1700707889 मा सम्पर्क गरी आवश्यक सहयोग/जानकारी लिन सकिनेछ।
साथै, परिस्थितिका कारण भय, चिन्ता तथा तनावमा रहनुभएकाहरुको मनोवैज्ञानिक परामर्शका लागिः
NATAL – the Israel Trauma and Resiliency Center: 1-800-363-363
Sdot Negev – 076-5322042/3/4

कमेन्ट गर्नुहोस्