दुबईमा अलपत्र यात्रु नेपाल फर्किए

काठमाडौं । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल फर्किएका छन्। टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र नेपाल आइपुगेका हुन्।

बिहीबार दिउँसो २ बजेको उडानमार्फत नेपाल आउन विमानस्थल पुगेका यात्रु जहाज बिग्रिएपछि शनिबार बिहान २ः३० बजे नेपाल आइपुगेका हुन्। जहाज मर्मत गर्दा गर्दै चालकदलको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि यात्रुहरू दुबईमै अलपत्र परेका थिए। अलपत्र यात्रुमध्ये चार जना बङ्गलादेशी, एक जना अमेरिकी र एक जना नेपाली यात्रुले भने टिकट रद्द गरेर फर्किएका छन्।

याे पनि पढ्नुस  हिमालय एयरलाइन्स : काठमाडौं–दोहा साताको ११ उडान गर्ने

नेपाल आएका यात्रु सुवास न्यौपाने हिमालय एयरलाइन्सको फितलो व्यवस्थापन र गैरजिम्मेवारीका कारण छ जना यात्रुले उडान रद्द गरेर फर्किएको र दुबईबाट उडान समयभन्दा थप आधा घण्टा ढिलो गरी उडान भरेको बताए ।

कमेन्ट गर्नुहोस्