काठमाडौं ।इजरायलको तेल अविव स्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशनसम्बन्धी सूचना जारी गरेको छ ।
ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरु गरेको हो । यस प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरूले तलको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नपर्नेछ ।
क्लिक गर्नुहोस्
साथै थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न आग्रह गरीएको छ ।