गाजा क्षेत्रमा सबै आपूर्ती बन्द गर्न इजरायली रक्षामन्त्रीको निर्देशन

एजेन्सी । इजरायलका रक्षामन्त्रीले गाँजा क्षेत्रलाई सम्पूर्ण रुपमा नियन्त्रण लिन आफ्ना सेनालाई निर्देशन दिएका छन् ।

गाँजा क्षेत्रबाट विद्रोही हमास समूहले शुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा आपूर्ती भइरहेको खानेकुरा, पानी, इन्धन र विदयुत लगायत सबै सेवा बन्द गर्न पनि आदेश दिएको छ ।

हमास विद्रोहीको आक्रमणले आफ्ना देशमा सयौं मानिसहरुको अनाहकमा ज्यान गएको भन्दै इजरायली सरकारले हमास विरुद्ध कठोर नीति लिने जनाएको हो । आक्रमणमा परेर हालसम्ममा इजरायलमा ७ सय जनाको मृत्यू भएको समाचार छ ।

याे पनि पढ्नुस  नागरिक ल्याउन परराष्ट्रमन्त्रीलाई इजरालय पठाइने

हमास समूहले एउटा साङ्गितिक कार्यक्रममा सहभागी भएका २६० जनाको आम हत्या पनि गरेका छन् ।

यसैबीचमा प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

याे पनि पढ्नुस  हमासको बन्धकमा विपीन पनि रहेको पुष्टि

राष्ट्र सङ्घको मानवीय निकाय ओ सी एच एले ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका पनि जनाएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायले यो सङ्ख्या अझै बढ्ने बताएको छ ।

यसैबीचमा कतारले हमास र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

याे पनि पढ्नुस  इजरायलमा सम्पर्कविहीन विपीनको खोजी भइरहेको छ, मृतकको शव छिटो ल्याउने प्रयास भइरहेको छ : सरकार

अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला ९युद्धवन्दी० को रिहाइ गरिएमा हमासद्वारा कक्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको बताइएको छ ।

इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्