काठमाडौँ । अखिल क्रान्तिकारीले इजरायलमा ज्यान गुमाउने संगठनको सचिव गणेश कुमार नेपालीसहित मृत्युवरण गर्ने विद्यार्थीको सम्झानामा मंगलबार साँझ दीप प्रज्वलन गर्दै छ ।
बिएस्सी एग्रिकल्चरमा अध्ययनरत बझाङ जयपृथ्वी नगरपालिका ६ गणेश अखिल क्रान्तिकारीको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिका सचिव हुन् ।
संगठनका अध्यक्ष पञ्चा सिंह र महासचिव दिपेश पुनले गणेशसहित ज्यान गुमाउने सम्पूर्ण विद्यार्थीको सम्झनामा सम्पूर्ण शैक्षिक संस्थाहरुमा दीप प्रज्वलन गर्न परिपत्र जारी गरेका छन् ।
त्यस्तै, काठमाडौँ उपत्यकामा भने विशेष प्रदेशको आयोजनामा आज साँझ माइतीघर मण्डला, विश्वविद्यालय समितिहरुले केन्द्रीय क्याम्पसहरु र जिल्ला समितिले सदरमुकाममा दीप प्रज्वलन गर्न परिपत्रमा भनिएको छ ।
विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत एक महिना इजराजय पुगेका ४९ जना विद्यार्थीमध्ये महासको हमलामा परी १० जनाको मृत्यु भएको छ । उनीहरुको शव ल्याउने सरकारले तयारी गरिरहेको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष सिंहले ज्यान गुमाउने सम्पूर्ण विद्यार्थीप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदन व्यक्त गरेकी छन् ।
सरकारले इजरायलमा रहेका नेपाली नागरिक जो नेपाल आउँन चाहेका छन् उनीहरूको विवरण दुतावासमार्फत संकलन गरिरहेको छ । युद्ध प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै इजरायलको अनुमति पाउँनासाथ नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न जहाज त्यस तर्फ पठाउने बताएको छ ।