प्रधानमन्त्री प्रचण्ड र स्वीट्जरल्याण्डका राजदूत मेउलीबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका नवनियुक्त राजदूत डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राजदूत मेउली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

भेटको सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्