इजरायल जहाज पठाउन ढिलाई भएकोबारे प्रधानन्त्रीकाे चासाे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको उद्धारका लागि जहाज इजरायल पठाउन भएको ढिलाईबारे चासो लिएका छन् । आज प्रधानमन्त्रीको कार्यालयमा सम्बन्धीत पक्षलाई बोलाएर छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले इजरायलमा नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुलाई बोलाई त्यसको जानकारी लिनुको साथै आज कुनै हालतमा पनि जहाज पठाउन निर्देशन गर्नु भएको छ। आजै बेलुकी नेपाल एयरलाइन्स्को जहाज पठाउने निर्णय भएको छ,’ सचिवालयले भनेको छ ।

याे पनि पढ्नुस  श्रमजीवीका लागि विशेष राहत प्याकेज ल्याउनुपर्छः प्रचण्ड

युद्धको चपेटामा परेका नेपाली विद्यार्थी लिन नेपाल सरकारले आज विमान पठाउने भएको छ । नेपाल एयरलाईन्सको जहाज राति ११ बजे उड्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो। घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु समेत भएको छ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा भलिबल प्रतियोगिताको अवलोकन (फोटोफिचर)

उक्त समूहको आक्रमणबाट कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी बेपत्ता छन्। उनका साथीहरूको सहयोगमा तेल अभिभस्थित नेपाली दूतावासले विभिन्न अस्पतालमा विपिनको खोजी गरिरहेको छ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ। पररा‍ष्ट्र मन्त्रालयका अनुसार चार हजार पाँच सय जना केयरगिभरको रूपमा र २६५ विद्यार्थी गरी  ४ हजार  ७६५ जना नेपाली छन्।

याे पनि पढ्नुस  के छ प्रचण्डले चीनलाई लेखेको पत्रमा?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यालयले नेपालीहरुलाई सवैभन्दा पहिला सुरक्षित राख्ने र दोस्रो चरणमा नेपाल फर्काउने गरी काम गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्