काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्नका लागि एमाले नेता रघुविर महासेठले कार्यकर्ताहरूलाई जनकपुर विमानस्थलको धावनमार्गमा उतारेका छन् ।
आज मधेस प्रदेशको अधिवेशन उद्घाटन गर्न गएका ओलीलाई स्वागत गर्न उनले ओलीको चाकडि गर्दै कार्यकर्ताहरू धावनमार्ग नै उतारेका हुन् ।
सुरक्षाकर्मीले छेक्दाछेक्दै १०, १५ जना एमाले कार्यकर्ता धावनमार्गमा प्रवेश गरेको विमानस्थलका प्रमुख भीमदत्त पन्तले जानकारी दिए ।
सुरक्षा चुनौति दिंदै गरीएको सो किसिमको गतिविधिबारे विमानस्थलका सुरक्षागार्डलाई स्पष्टीकरण सोधिने भएको छ ।