काठमाडौं । सरकारले इजरायलमा सम्पर्कविहीन भएका विपीन जोशीको खोजी कार्यमा इजरायल सरकारले प्राथमिकताका साथ गरिरहेको जानकारी गराएको छ ।
त्यसैगरी घटनामा मृत्यु भएका १० जना विद्यार्थीको शव नेपाल छिटो ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएकी हुन् ।
“अज्ञात अवस्थामा रहनुभएका विपिन जोशीको हकमा निरन्तररुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने काम जारी छ,” उनले भनिन्, “मृतकको शव यथाशक्य छिटो ल्याउन प्रयास भइरहेको छ ।”