काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली गेम्सको १९ औं संस्करण सहभागी भई पदक हासिल गर्ने खेलाडिलाई सम्मान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एसियाली गेम्समा सहभागी भई नेपाल फर्किएका आज साँझ बालुवाटारमा स्वागत एंव सम्मान गरेका हुन् ।
वालुवाटारमा आयोजित खेलाडिसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु खेलाडिलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै खेलाडीलाई उचित पुरस्कार दिने काममा लागेको र केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको बताए ।
खेल क्षेत्रको विकासका लागि सरकारको अंग म पनि हो भन्ने ठानेर अगि बढ्नुपर्ने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं। हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं । केही मेडल ल्यायौं। सुधारको काममा मम भनेर काम गरौं ।’कृकेट रंगशाला बनाउन काममा तुरुन्तै लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो क्रममा खेलाडिहरूले प्रधानमन्त्रीको खेलप्रतिको लगाव र मायाले आफुरूलाई उत्साहित बनाएको बताए । ‘कबड्डीलाई उदारतापूर्वक सरकारले सहभागी नगराको भए कहाँ अवसर हुन्थ्यो र ?’ खेलाडीले भने ।
प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा प्राप्त मेडलको लागि बधाई दिंदै आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्ने गरी लाग्न शुभकामना दिए । प्रोत्साहन रकम एक हप्तामा त्यो अर्थबाट आउने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने -‘मैले जादा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरूलाई बधाई दिन चाहन्छु ।खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।’
नेपालको खेल विश्वले हेरको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले भने -‘म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ। तपाईंहरूको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ।सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।’
एसियाली गेम्सको १९ औं संस्करणमा नेपालले एक रजत र एक काँस्य पदक हात पार्न सफल भएको हो । आईतबार हान्जाओमा सम्पन्न प्रतियोगितामा नेपालबाट कराँतेकी एरिका गुरुङले ब्यक्तिगत स्पर्धामा रजत पदक हात पारिन् भने कबड्डीको महिला टोलीले टिम इभेन्ट्समा काँस्य पदक प्राप्त गरेका हुन् ।