काठमाडौं । प्रशासक एंव अर्थक्षेत्रका अध्येता नेपाल सरकारका सहसचिव नेत्रप्रसाद सुवेदीले “समृद्धिका आयाम” नामक पुस्तकको नयाँ संस्करण बजारमा ल्याएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रवक्ता समेत रहेका सुवेदीले यसअघि २०७८ मा प्रकाशित पुस्तकलाई नयाँ सन्दर्भहरू समेटी तथ्यांक अध्यावधिक सहित परिमार्जित सहित प्रकाशन गरेका हुन् ।
“समृद्धिका आयाम” पुस्तकमा लोकसेवातर्फको सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाका लागि आवश्यक विषयगत ज्ञान, सन्दर्भजन्य अनुभवहरू र सिर्जनशील सुझावहरू समावेश छन् ।
समृद्धिका आयाम नेपालको समग्र समृद्धिका लागि आवश्यक आयामिक विषयमा जानकारीलाई गहिराईमा पुग्न जुनसुकै क्षेत्रका पाठकहरूले अध्ययन गर्न, संग्रह गर्न र उपहारका रुपमा प्रयोग गर्न सकिने लेखक सुवेदी बताउँछन् ।
५२० पृष्ठ मा रहेको पुस्तकमा ६९ वटा आलेखहरू समेटिएका छन् । जसमा मुलुकको समृद्धिका लागि बहुपक्षीय विश्लेषण गरिएको छ भने ३० भन्दा बढी व्यक्तित्वहरूले शुभकामना र शुभेच्छा व्यक्त गरेका छन् ।