अर्थतन्त्र सङ्कटग्रस्त छैन : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अर्थतन्त्र सङ्कटग्रस्त नरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सङ्कटग्रस्त क्षेत्र भई नसकेको स्पष्ट पारे । उनले मुलुकलाई समृद्धितिर लैजाने एक मात्र बाटो निजी क्षेत्र रहेको पनि बताए ।

याे पनि पढ्नुस  कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

उनले निजी क्षेत्रमा विश्वासको वातावरण बनाउन सके र लगानीमैत्री वातावरण बनाउन सके मुलुक समृद्धितिर जाने बताए । उनले निजी क्षेत्रबारेको पारम्परिक सोच हटाउन जरुरी रहेको बताए । उनले कृषिलाई उद्योगको हिसाबले नलगेसम्म मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन नसक्ने बताए ।

मन्त्री रिजालले आर्थिक समृद्धि भएन भने मुलुक बन्न नसक्ने भन्दै सबैले सचेत भएर अघि बढ्न जरुरी रहेको बताए । निजी क्षेत्र अघि बढ्न नसके मुलुक अघि बढ्न नसक्न उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्