इरानविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । कप्तान देव खनालको विष्फोटक ब्याटिङसहित कीर्तिमानी शतकमा नेपाली युवा टोलीले एसिसी यू–१९ प्रिमियर कपमा सानदार सुरुआत गरेको छ। मलेसियामा बिहीबारदेखि सुरु प्रिमियर कपमा इरानलाई २ सय ७४ को फराकिलो रनले पराजित गर्दै विजय सुरुआत गरेको हो।

नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान जम्मा ३०.५ ओभरमा अल आउट हुँदै मात्र ७९ रन बनाउँदा अलआउट भयो। इरानलाई कम स्कोरमा रोक्न नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए। घातक बलिङ गरेका सुवास भण्डारीले ८।५ ओभरमा ४ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए। दिपेश कँडेलले ७ ओभरमा ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए।

याे पनि पढ्नुस  भारतसँग नेपाल २३ रनले पराजित

आकाश चन्दले र हेमन्त धामीले समान २ विकेट लिए। विकेट किपर अमेर खोर्सान्दले बनाएको ३७ रन नै इरानका लागि सर्वाधिक रह्यो। सावेर इब्राहिमिपोउर ११ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा इरानले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको नेपाल ४०ं१ ओभरमा ३ सय ५३ रन बनाउँदा अलआउट भयो।

याे पनि पढ्नुस  यशस्वीको कीर्तिमानी शतक : भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

इरानविरुद्ध कप्तान देव खनालले कीर्तिमानी शतक प्रहार गरे। देवले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। यू–१९ टोलीबाट दुई शतक हान्ने देव पहिलो खेलाड हुन्। यसअघि उनले गत फागुनमा आईसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय पारी खेलेका थिए। तेस्रो विकेटका लागि कप्तान देव खनाल र दिपक बोहोराले १ सय ६६ रनको शतकिय साझेदारी गरेपछि नेपाल विशाल योगफल बनाउन सहयोग गरे। बोहोरा र खनालले ९८ बलमा १ सय १६६ साझेदारी गरे। दीपक ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए। विकेटकिपर दीपक प्रसाद डुम्रे ६९ रनमा आउट भए। दीपेश कंडेल २९, आकाश चन्द १९, हेमन्त धामी २३, सुवास भण्डारीले १८ रन थपे। समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार बहराइनविरुद्ध खेल्नेछ।

कमेन्ट गर्नुहोस्