काठमाडौं । गृहमन्त्रालयले ५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । २०८० असोज २३ गतेको निर्णय अनुसार ५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।
गृहका अनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा पठाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका विपिन आचार्य गृहमन्त्रालयमा तानिएका छन् भने इलामा श्रवण कुमार पोखरेललाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।
गृहमन्त्रालय मातहत रहेका टुवराज पोखरेल जिल्ला प्रशासन कार्यालय दोलखामा पदस्थापन भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।