वर्तमान सरकार देशमा आशाको नयाँ रक्तसञ्चार भर्न क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार वर्तमान सरकार देशमा आशाको नयाँ रक्तसञ्चार भर्न क्रियाशील रहेको बताएका छन् । सिजन मिडिया प्रालिद्वारा आयोजित ‘एसियन प्रोफेशनल अचिभ्मेन्ट अवार्ड २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने -‘सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा सूचिकृत गर्दै चुनौतीपूर्ण परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन, देशमा आशाको नयाँ रक्तसञ्चार भर्न, राजनीतिक स्थायित्व र सुशासन कायम गर्न निरन्तर क्रियाशील छ ।’

खेलकुद, साहित्य कला र सामाजिक क्षेत्रका माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिने बताउँदै उनले सिजन मिडिया प्रा.लिले यस क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरेर राष्ट्रिय एकताका महत्वपूर्ण योगदान पुर्याएको बताए ।

प्रधानमन्त्रीले भने -‘मैले पटकपटक भन्दै आएको छु– खेलकुद, साहित्य कला र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयामहरू हुन्, यिनीहरूको माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिन्छ ।’

याे पनि पढ्नुस  चाडपर्वमा कृतिम अभाव र महंगी नहोस् : प्रधानमन्त्री प्रचण्ड

कार्यक्रममा डा.भगवान कोइराला, निर शाह, डा. राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वहरूलाई सम्मान गरीएको थियो ।

यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ

सबैभन्दा पहिला सिजन मिडिया प्रालिले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा दक्षिण एसियाली देशका सफल व्यावसायिक व्यक्तित्वहरूलाई ‘‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’’ बाट सम्मानित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक बधाइसहित निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सिजन मिडियाले व्यवसायिक, शैक्षिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान एवं अवार्ड वितरण गर्दै आएको जानकारी पाउँदा मलाई खुसी लागेको छ । यस्ता कार्यक्रमहरूले सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई उत्प्रेरणा पैदा गर्न, देशभित्र व्यावसायिक वातावरण निर्माण गर्न, देशको पर्यटन प्रवद्र्धन गर्न तथा सामाजिक स्वार्थ र हितका पक्षमा अग्रसर हुन महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु । यस अवसरमा मिडियाले विगत ४ वर्षदेखि दुबई, मलेसिया र नेपालमा आयोजना गरेको अवार्ड आगामी दिनमा समेत थप उचाइका साथ निरन्तरता पाउनेछ भन्ने विश्वास लिएको छु ।

याे पनि पढ्नुस  क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा कपोलकल्पित हाे, छानविन गरौं पुष्टि भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड
सिजन मिडियाको तर्फबाट डा.भगवान कोइरालालाई सम्मान
सिजन मिडियाको तर्फबाट डा.भगवान कोइरालालाई सम्मान

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा सूचिकृत गर्दै चुनौतीपूर्ण परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन, देशमा आशाको नयाँ रक्तसञ्चार भर्न, राजनीतिक स्थायित्व र सुशासन कायम गर्न निरन्तर क्रियाशील छ । मैले पटकपटक भन्दै आएको छु– खेलकुद, साहित्य कला र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयामहरू हुन्, यिनीहरूको माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिन्छ ।

 

सामाजिक जीवनमा सक्रिय रहने व्यक्तित्वहरूले आफ्नो व्यावसायिक जीवनमा मात्र नभएर राष्ट्रको एकता, समृद्धि र बहुआयमिक विकासमा समेत महत्वपूर्ण योगदान गर्दछन् । तसर्थ, देश र जनताको हित एवं सामाजिक जीवनका विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सकारात्मक योगदानलाई प्रोत्साहन र आम नागरिकसम्म सम्प्रेषण गरेर मात्र देशमा आशा र विश्वासको नयाँ वातावरण सिर्जना गर्न सकिन्छ भन्नेमा सरकार प्रष्ट छ । नेपाल सरकारले समेत सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्‍याउने संस्था, प्रवृत्ति र व्यक्तित्वहरूलाई प्रोत्साहित गर्दै आएको कुरा यहाँहरूलाई अवगत नै छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड र सिचुआन प्रान्तका सचिव वाङ सियाओबीच भेटवार्ता

यस कार्यक्रममा विभिन्न विधामा देश विदेशमा ख्याती कमाउनुभएका महानुभावहरू सम्मानित हुनुभएको छ । डा.

सिजन मिडियाको तर्फबाट कलाकार निर शाहलाई सम्मान
सिजन मिडियाको तर्फबाट कलाकार निर शाहलाई सम्मान

भगवान कोइराला, निर शाह, डा। राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा मैले पनि गौरवको महशुस गरेको छ । उहाँहरू लगायत आज सम्मानित हुनुहुने समस्त महानुभावहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दै सामाजिक र व्यावसायिक जीवनमा थप योगदान र प्रगतिका लागि शुभेच्छा व्यक्त गर्दछु ।

अन्त्यमा १५ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित पत्रिका ‘‘यस नेपाली’’को पूर्ण सफलताको कामना गर्दै फेरि एकपटक हार्दिक बधाइ ज्ञापनका साथ विदा हुन्छु, धन्यवाद ।

कमेन्ट गर्नुहोस्