मुख्यमन्त्रीमा नियुक्त हुँदै कार्की, आङ्वो सनाखतमा नजाने

काठमाडौं ।कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुने भएका छन् । कोसी प्रदेशमा मुख्यमन्त्रीमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरिहेका छन् ।

बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए ।

मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् ।अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो सनाखतमा नजाने भएका छन् ।

कमेन्ट गर्नुहोस्